Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी लाइफले बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने

महालक्ष्मी लाइफले बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने


काठमाडौं ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिनेभएको छ । यही असार मसान्तसम्म बीमा शुल्कको किस्ता तिर्ने बीमितहरूको हकमा तीन महिनासम्म शतप्रतिशत छुुट, तीन महिनामाथि छ महिनासम्मको ७५ प्रतिशत छुुट र छ महिनाको माथिको हकमा ५० प्रतिशत छुट दिन लागिएको कम्पनीले जानकारी दिएको छ ।

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरूले बीमाशुल्क किस्ता समयमा तिर्नसकेका छैनन् । कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू सञ्चालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुननसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेका थिए । आम बीमितहरूको यही समस्यालाई विचार गरी राहतस्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुनेगरी बीमा शुल्क तिर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरिएको हो ।

यस्तो छ कम्पनीको छुटसम्बन्धी व्यवस्था
बीमालेख व्यतित अवधि             विलम्ब शुल्कमा हुने छुट (प्रतिशत)
३ महिनासम्म                                           १००
३ महिनाभन्दा माथि – ६ महिनासम्म         ७५
६ महिनाभन्दा माथि                                  ५०

 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया