Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिर्मिरे लघुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई

मिर्मिरे लघुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई


काठमाडौं ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा प्रविण भट्टराई नियुक्त भएका छन् । संस्थाको यही जेठ २९ गते बसेको सञ्चालक समितिको दुई सय नवौँ बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको हो । उनको कार्यकाल सोही दिनदेखि नै लागू भएको संस्थाले जानकारी दिएको छ ।

यसैबीच संस्थाको सोही दिन बसेको सञ्चालक समितिको बैठकले राजेन्द्र प्रसाद न्यौपानेलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको छ । संस्थाका अनुसार उनको कार्यकाल यही असार एक गतेदेखि कार्यान्वयनमा आउने छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड ७५ लाख दुई हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ९९ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ८७ करोड ६७ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ५० करोड ४७ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २९ करोड ३४ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर सात दशमलव ३५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ४५ करोड ७२ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५० करोड ८७ लाख चार हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड १७ लाख रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया