Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमानुषी लघुवित्तद्वारा तीन करोड ९३ लाख रुपैयाँको साधारण सेयरको लागि आवेदन

मानुषी लघुवित्तद्वारा तीन करोड ९३ लाख रुपैयाँको साधारण सेयरको लागि आवेदन


काठमाडौं ।
मानुषी लघुवित्त वित्तीय संस्थाले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसमक्ष अनुमति माग गर्दै आवेदन दिएको छ । बोर्डका अनुसार उक्त संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन लाख ९३ हजार सात सय ५० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गरेको हो ।

संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डले उक्त संस्थाको सबै वित्तीय अवस्था अध्ययन गरेर सेयर जारी गर्नको लागि अनुमति दिने जानकारी दिएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड १९ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ५२ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६२ करोड २२ लाख चार हजार रुपैयाँ निक्षेप संकलन गरी ९८ करोड ११ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड आठ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ५२ करोड ८८ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ करोड ३७ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ९९ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया