Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकका सञ्चालक दाहालद्वारा शपथग्रहण

नेपाल बैंकका सञ्चालक दाहालद्वारा शपथग्रहण


काठमाडौं ।
नेपाल बैंकको सञ्चालक सुमन दाहालले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बैंकमा रिक्त रहेको सञ्चालक समिति सदस्य पदमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल नियुक्त भई आएको र उनले यही असार सात गतेका दिन सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीबाट सञ्चालक पदको पद तथा गोपनीयताको शपथग्रहण गरेको बैंकले जानकारी दिएको छ ।

शपथग्रहण कार्यक्रमपश्चात् बैंक सञ्चालक समितिका अध्यक्ष मरासिनीले नवनियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको सर्वोपरी हितमा सञ्चालक सदस्य सुमन दाहालको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

ततपश्चात् नवनियुक्त सञ्चालक सदस्य दाहालले नेपाल बैंक लिमिटेडको सञ्चालकको जिम्मेवारी निर्वाह गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने बचनबद्धता व्यक्त गरे । शपथग्रहण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, कामु नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू र कम्पनी सचिवसमेतको उपस्थिति रहेको थियो ।

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब २६ करोड २२ लाख ७७ हजार तीन सय १० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ९९ करोड ६५ लाख ८३ हजार एक सय ५१ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार छ सय २४ रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ५१ अर्ब ६० करोड आठ लाख ३६ हजार आठ सय पाँच रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ९२ करोड ९८ लाख २१ हजार नौ सय ३९ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा चार अर्ब ७१ करोड ४० लाख ६८ हजार एक सय १५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३७ प्रतिशतको स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ४७ करोड ४६ लाख ५२ हजार आठ सय दुई रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४१ अर्ब ५३ करोड तीन लाख ८० हजार पाँच सय ६९ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब ३० करोड ३७ लाख ५२ हजार चार सय ५८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब २१ करोड ८२ लाख ४६ हजार सात सय रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया