Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेष्डो समृद्ध लघुवित्तद्वारा साधारण सेयरको लागि आवेदन

नेष्डो समृद्ध लघुवित्तद्वारा साधारण सेयरको लागि आवेदन


काठमाडौँ ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर जारी गर्नको लागि धितोपत्र बोर्डसमक्ष अनुमति माग गर्दै आवेदन दिएको छ । बोर्डका अनुसार उक्त संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आठ लाख २८ हजार सात सय ५० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै यही असार छ गते आवेदन दिएको हो ।

संस्थाको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १९ करोड ५० लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १७ करोड ६८ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब १९ करोड ६९ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८९ करोड ५१ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३२ करोड ५६ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब दुई करोड ४६ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५७ करोड ७८ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३१ करोड २४ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया