Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअजोड इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा

अजोड इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा


काठमाडौं ।
अजोड इन्स्योरेन्स कम्पनीले वार्षिक साधाणसभा सम्पन्न गरेको छ । कम्पनीले काठमाडौको सीटीसी मल सुन्धारमा सोमबार आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको हो । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीलको प्रधान कार्यालयसहित सातै प्रदेशमा सातवटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरी जम्मा ४७ वटा कार्यालयहरू, तीनवटा तेस्रो पक्ष बीमा काउन्टरहरू र सातवटा बीमा काउन्टरमार्फत बीमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको छ भने कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउन्टरहरूमा करिब दुई सय ६७ जना कर्मचारी कार्यरत रहेका छन् ।

कम्पनीले प्रदान गर्ने बीमा सेवालाई छिटो, छरितो, भरपर्दो र स्तरीय बनाउँदै लैजानका लागि वेबबेस सिस्टम र कम्युटर बिलिङको व्यवस्था गर्नुका साथै दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो, चुस्त एवं पारदर्शी बनाउने उद्देश्यले फास्ट ट्र्याक दाबी भुक्तानी नीति अवलम्बन गरी दुुई लाखसम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ । कम्पनीले इन्टिग्रेटेड एमआईएस सिस्टम, इन्भेष्टमेन्ट सफ्टवेयर, अजोड च्याट बोर्डको सुरुवात गरिसकेको छ । त्यसैगरी डिजिटेल गेटवे पेमेन्टका लागि आईएमई पे, प्रभु पे, एनआईसी एसिया फोन पे, सेल पे, खल्ती, ईसेवा पे वेल, कनेक्ट आईपीएस आदि सेवाहरू समेतको सुरुवात गरिसकेको छ ।

चालू आर्थिक वर्षको यही असार २१ गतेसम्म कम्पनीको चुक्ता पुँजी एक अर्ब, लगानी एक अर्ब ४७ करोड ३१ लाख र कुल दाबी भुक्तानी ५८ करोड ९७ लाख रुपैयाँ रहेको छ । जसमध्ये कोरोना दाबी भुक्तानी १२ करोड ९७ लाख र अन्य दाबी भुक्तानी ४६ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्यअनुरूप आगामी दिनमा डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्ने प्रक्रियामा रहेको छ । साथै आगामी दिनमा कम्पनीले बीमा सेवाको पहुँच बढाउनको लागि देशका सुगमदेखि दुर्गम क्षेत्रमा समेत आफ्नो बीमा सेवा विस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । त्यसैगरी ग्राहकहरूको आवश्यक्ताका आधारमा केही नयाँ बीमालेखहरू पनि प्रचलनमा ल्याउने तयारी गरेको छ ।

कोरना भाइरस (कोभिड–१९) दोस्रो लहरको माहामारीको विषम परिस्थितिका बाबजुत हालसम्म एक लाख २० हजार सात सय छ बीमालेख जारी गरी एक अर्ब २० करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया