Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच सम्झौता

ग्लोबल आईएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच सम्झौता


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच सम्झौता भएको छ । दुवै संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घलेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँहरूमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा विभिन्न फलफूलहरूको उत्पादन गर्ने कृषकहरूलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने गाउँपालिकाले साना किसानहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले सातवटै प्रदेश तथा ७६ जिल्लामा दुई सय ७३ शाखा, दुई सय ४२ एटीएम, दुई सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्वसंकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । सबैका लागि बैंकभन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया