Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल लघुवित्तको नयाँ शाखा रूपन्देहीको देवदहमा

सिभिल लघुवित्तको नयाँ शाखा रूपन्देहीको देवदहमा


काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी)ले रूपन्देही जिल्लाको देवदहमा थप एउटा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । काठमाडौँमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको संस्थाले नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६३ वटा शाखा कार्यालयहरूमार्फत लघुवित्तीय सेवाहरू प्रदान गर्नेछ ।

‘समृद्धिको सहयात्री’ नारा लिई संस्थाले विपन्न वर्गका समुदायहरूको समृद्धिमा टेवा पु-याउने उद्धेश्यका साथ आफ्नो सेवाहरू ५० हजार घरपरिवारमा पु-याएको छ । वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्न वर्गका व्यक्तिहरूलाई संस्थाको सदस्यता दिई विनाधितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आबद्ध हुन नसकेका व्यक्तिहरूलाई समेत स्वीकारयोग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहुँच पु-याउदै आइरहेको छ ।

साथै संस्थाले लघु बचत, लघुबीमा, विप्रेषण सेवाहरू उपलब्ध गराउँदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरताजस्ता गैरवित्तीय सेवाहरू समेत उपलव्ध गराउँदै आइरहेको छ । यसैगरी संस्थाले सदस्यहरूलाई आफ्नो बचत जम्मा गर्न तथा किस्ता भुक्तानी सहजताका निमित्त इ–सेवामार्फत समेत रकम पठाउन सकिने गरी सुविधा प्रदान गरेको जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया