Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइ–सेवा मनि ट्रान्सफर र कुवेत इन्डिया इन्टरनेसनलबीच सम्झौता

इ–सेवा मनि ट्रान्सफर र कुवेत इन्डिया इन्टरनेसनलबीच सम्झौता


काठमाडौं । इ–सेवा मनि ट्रान्सफर र कुवेत इन्डिया इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । डिजिटल रेमिट्यान्सको क्षेत्रमा तीव्र गतिमा बजार विस्तार गरिरहको इ–सेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स कारोबार गर्दै आएको कुवेत इन्डिया इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको हो । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अझ सहज भएको छ ।

कुवेतमा रहेका नेपालीहरूले कुवेत इन्डिया इन्टरनेसनलमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इ–सेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् । साथै कुवेतमा रहेका कुवेत इन्डिया इन्टरनेसनलका आठवटा शाखा तथा मोबाइल भ्यानमार्फत पनि नगद रेमिट्यान्स पठाउन सकिन्छ । मोबाइल भ्यान रकम पठाउने व्यक्तिको घर घरमा पुग्नेछ । उक्त रकम नेपालमा रहेका इ–सेवा मनि ट्रान्सफरका आठ हजारभन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सिधै इ–सेवा खातामा लोड गर्न पनि सकिन्छ ।

कुवेत इन्डिया इन्टरनेसनल एक्सचेन्ज १९७९ मा स्थापित कुवेतको केन्द्रीय बैंकबाट अनुमतिप्राप्त रेमिट्यान्स कम्पनी हो । जसले स्मार्ट वित्तीय सेवाका साथ रेमिट्यान्स, मुद्रा विनिमयजस्ता सेवाहरू दिँदै आएको छ । वर्र्षौँदेखिको उत्कृष्ट सेवाका कारण कम्पनी कुवेतको एक अग्रणी वित्तीय सेवा प्रदायकका रूपमा अगाडि बढेको छ ।

इ–सेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलीको माध्यमबाट इ–सेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ । इ–सेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरूलाई आठ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड १० लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।  


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया