Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा लाइफको ६० करोड रुपैयाँको साधारण सेयर यही साउन २० गतेबाट

सानिमा लाइफको ६० करोड रुपैयाँको साधारण सेयर यही साउन २० गतेबाट


काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्नेभएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमार्फत यही साउन २० गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिनसक्ने कम्पनीको सेयर बिक्रीकार्य छिटोमा यही साउन २४ गते र ढिलोमा भदौ दुई गते बन्द हुुनेछ । अधिकृत पुँजी तीन अर्ब तथा जारी पुँजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

जारी गरिने कुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् तीन लाख कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् तीन लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणको लागि बिक्री हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x