Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिर्मिरे लघुवित्तको नाफा २० करोड

मिर्मिरे लघुवित्तको नाफा २० करोड


काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ को चौथो त्रैमासिक अवधिमा २० करोड एक लाख ३३ हजार रुपैयाँ खुद मुनफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ४३ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७७–०७८ को चौथो त्रैमासिक अवधिमा एक अर्ब ८८ करोड ३५ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ७७ करोड १९ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४४ करोड ३२ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३१ करोड ७६ लाख ७१ हजार रुपैयाँ रहेको छ । सो अवधिमा एक दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेड दर भने आठ दशमलव ५० प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ९८ करोड ९० लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६० करोड ७७ लाख सात हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड ३३ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ३८ लाख २८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ९४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x