Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमैलुङ खोला जलविद्युत् कम्पनीको साधारण सेयरको बिक्री खुला

मैलुङ खोला जलविद्युत् कम्पनीको साधारण सेयरको बिक्री खुला


काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले सात करोड ३६ लाख २८ हजार छ सय रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले साउन १४ गते बिहीबारबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी सात लाख ३६ हजार दुई सय ८६ कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।

बिक्री खुला भएको कुल सेयरमध्येमा दुई प्रतिशत अर्थात् १४ हजार सात सय २६ कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् तीन हजार छ सय ८४ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी छ लाख ८४ हजार सात सय ४६ कित्ता सर्वसाधारणको लागि बिक्री हुनेछ । सिद्धार्थ क्यापिटलमार्फत बिक्री खुला हुने कम्पनीको सेयर बिक्री कार्य यही साउन १४ गतेबाट खुला भई छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।

अधिकृत पुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । हाल चुक्ता पुँजी २९ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार चार सय रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x