Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकद्वारा दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई सात लाख रूपैयाँ हस्तान्तरण

मेगा बैंकद्वारा दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई सात लाख रूपैयाँ हस्तान्तरण


काठमाडौं । मेगा बैंक लिमिटेडले दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई बीमाबापत सात लाख रूपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजनाबमोजिम बीमाबापत सात लाख रूपैयाँ हस्तारन्तरण गरेको हो ।

मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले स्वर्गीय ग्राहक हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बीमाबापतको रकम हस्तान्तरण गरेका हुुन् । संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमाडौँको बालाजुमा दुर्घटनामा निधन भएको थियो ।

न्यूनतम एक हजार रूपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको सात लाख रूपैयाँको दुर्घटना बीमा गरिदिएको छ । ग्राहक र उहाँहरूका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट सहायता मिलोस् भनेर बैंकले ग्राहकहरूलाई यो योजना ल्याएको बैंकका प्रमुख सूचना अधिकारीले जानकारी दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x