Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता

महालक्ष्मी विकास बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता


काठमाडौं, माघ १०
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका हुुन् । सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरूले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरू, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २० प्रतिशतसम्म उपचार प्रक्रियामा अधिकतम १५ प्रतिशतसम्म, रोगको निदानमा अधिकतम १२ प्रतिशत तथा औषधिमा पाँच प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । देशका एक सय दुुईवटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनहरूमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू गर्दै जाने सहमति गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया