Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने


काठमाडौं, माघ १०
सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । प्राप्तिको लागि दुुवै बैंकले बुुधबार सैद्धान्तिक सहमति गरेका हुुन् । सहमतिअनुसार सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न विशेषज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल हुनेछ ।

छलफलपश्चात् सिफारिस गरेको प्रतिसेयर मूल्यलाई दुवै पक्षको सञ्चालक समितिले स्वीकृत गरी साधारणसभाबाट स्वीकृति भएबमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान सेयरधनीहरूलाई निजहरूले धारण गरेको सेयरबापत स्वीकृत अनुपातअनुसार सनराइज बैंकको सेयर दिइने जानकारी बैंकले दिएको छ । बैंकको देशभर एक सय ३० बटा शाखा तथा आठवटा एक्स्टेन्सन काउन्टर रहेको छ भने सिर्जना फाइनान्सको विराटनगरमा प्रधान कार्यालय रही मोरङ, सुनसरी र सप्तरी गरी तीन जिल्लामा कार्यक्षेत्र रहेको २१ वटा शाखा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x