Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंकको ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’ खाता

सेञ्चुरी बैंकको ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’ खाता


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट खाता सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता सेञ्चुरी रेमिट प्रिमियम अकाउन्टको शुभारम्भ गरेको हो । एक हजार रुपैयाँ न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक पाँच दशमलव ५० प्रतिशतका दरले त्रैमासिक रूपमा ब्याज भुक्तानी गरिने छ ।

यो खातामा अन्य बचत खातामा भन्दा एक प्रतिशत बढी ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ पनि निःशुल्क उपलब्ध गरिएको बैकले जनाएको छ । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुविधाहरूको व्यवस्था गरिएको छ ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरूले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट खोल्ने सुबिधा लिन सकिनेछ । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया