Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बंगलादेश बैंकद्वारा १०औँ विस्तारित सेवा केन्द्रको शुभारम्भ

नेपाल बंगलादेश बैंकद्वारा १०औँ विस्तारित सेवा केन्द्रको शुभारम्भ


काठमाडौँ । नेपाल बंगलादेश बैंकले १०औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । बैंकले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिकाको वडा नं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योग लि.को हाताभित्र आफ्नो १०औँ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको हो ।

उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष श्री लक्ष्मणप्रसाद भण्डारीज्यूले गरेका थिए । हेटौंडा उपमहानगरपालिकामा खोलिएको यो विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योग लि.लाई सुलभ बैंकिङ सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा १४ मा वित्तीय पहुँच पु-याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु-याउने उदेश्यका साथ आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बैंकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवाहरू सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरूको तलबी खाता सञ्चालन गर्न सहज हुनेलगायतका सेवाहरू सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

‘सबैका लागि बैंक’ भन्ने मूल नारासहित स्थापनाको २७औँ वर्ष पूरा गरेको नेपाल बंगलादेश बैंकले आफ्ना एक सय शाखा, नौ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया