Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न


काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले युवाहरूबीच बीमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो ।

बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक खडक नारायण उडाउले सञ्चालन गरेको कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्वबारेमा प्रकाश पारे । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रीय प्रमुख हिरा निरौलाले सहभागी युवाहरूलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमपछि एजेन्सी मेनेजर खडकनारायण उडाउको संयोजकत्वमा २१ सदस्यीय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी गठन गरियो ।

त्यसैगरी धनगढीको सुदूूरपश्चिमाञ्चल एकेडेमीमा पनि ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख हर्कबहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पारे ।

कार्यक्रममा ८० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सञ्चालन नायब अधिकृत नरेशबहादुर सिंहले गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया