Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमेगा बैंकका खातावालाई ल्याटिन एबीएस सिर्भिस सेन्टरमा छुट

मेगा बैंकका खातावालाई ल्याटिन एबीएस सिर्भिस सेन्टरमा छुट


काठमाडौं । पछिल्लो समय नेपालमा दुईपांग्रे सवारीसाधन निकै लोकप्रिय बन्दै गएको छ । प्रयोगकर्ताले सहज, सस्तो र जाम भइरहने सडकमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको हो । यस्तो अवस्थामा ल्याटिन एबीएस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै आफ्ना सेवा सुरु गरेको छ ।

कम्पनीले काठमाडौँको कपन स्थित तेन्जिङ चोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरूका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको छ । कम्पनीले मेगा बैंकका खातावाला तथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटसहितको सेवा उपलब्ध गराउने छ ।

कम्पनीले मेगा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगतकर्ताहरूलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरू ल्याएको हो । कम्पनीले मेघा बैंकमा खाता नभएका दुईपांग्रे सवारीसाधन चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्ने जानकारी दिएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया