मध्य भोटेकोशी जलविद्युुत्को ९० करोड रूपैयाँको साधारण सेयर आजबाट
काठमाडौँ । मध्य भोटेकोशी जलविद्युुत् कम्पनीले ९० करोड रूपैयाँको साधारण सेयर बिक्री खुला भएको छ । कम्पनीले असोज २० गते अर्थात् आज बुधबारबाट एक सय रूपैयाँ अंंकित मूल्य कायम रहनेगरी ९० लाख कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
बिक्री खुला भएको कुल सेयरमध्येमा चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीहरूको लागि र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । यसबाहेक बाँकी ८१ लाख ९० हजार कित्ता सेयर भने सर्वसाधारणको लागि छुट्याइएको छ । हाल अधिकृत पुँजी छ अर्ब २१ करोड तथा जारी पुँजी छ अर्ब रूपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चाात् चुक्ता पुँजी चार अर्ब ५० करोड रूपैयाँ पुग्नेछ ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको सहबिक्रीप्रबन्धकहरूमा एनआईबीएल एस क्यापिटल लिमिटेड, प्रभुु क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड रहेका छन् । कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही असोज २४ गते र ढिलोमा कात्तिक तीन गते बन्द हुनेछ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया