Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफकोे ‘रिलायन्स वार्षिक धन वर्षा’ जीवन बीमा योजना

रिलायन्स लाइफकोे ‘रिलायन्स वार्षिक धन वर्षा’ जीवन बीमा योजना


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । सो बीमा योजनाअन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमांकको पाँच प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ ।

उक्त व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमांक रकमबराबरको रक्षावरण समेत प्रदान गर्दछ । यो योजना बीमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन् । १५ वर्षको बीमा अवधिको समाप्तिमा बीमितलाई अग्रीम वार्षिकरूपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमांक रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रीम वार्षिकरूपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमांक रकम, आर्जित बोनस र बीमांक रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिनेछ ।

यस योजनामा कथंकदाचित बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमांक रकम र आर्जित बोनस प्रदान गरिने छ । यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन् । यो योजनाअन्तर्गत न्यूनतम बीमांक रकम एक लाख कायम गरिएको छ । यो योजनासँगै बीमितले थप न्यूनतम बीमा शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहाजस्ता अतिरिक्त सुविधाहरू पनि लिन सक्ने कम्पनीले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया