बजार परिसूचक दुई हजार पाँच सय ५६ दशमलव ९५ बिन्दुमा
साताभर १३ अर्ब ५६ करोड २१ लाख रुपैयाँको सेयर कारोबार
काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार पाँच सय ५६ दशमलव ९५ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ८३ दशमलव ३९ बिन्दुमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय २१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ८७ हजार पाँच सय ८७ पटकको कारोबारमा तीन करोड ५३ लाख २० हजार एक सय ८९ कित्ता सेयर खरिदबिक्री हुँंदा कुल कारोबार रकम १३ अर्ब ५६ करोड २१ लाख १६ हजार सात सय ७२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।
यस साता अर्थात् दशैँ बिदाअघि भने धितोपत्र बजारमा दुई सय ३२ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ९७ हजार ६३ पटकको कारोबारमा तीन करोड छ लाख ३४ हजार एक सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १५ अर्ब २३ करोड ९० लाख ९२ हजार छ छ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो र चौथो दिन सेयर परिसूचक उकालो लागेको थियो भने बाँकी दिनहरूमा बजार परिसूचक ओरालो लागेको थियो ।
जसमध्ये पहिलो दिन बजार परिसूचक १७ दशमलव ५९ अंकले उकालो लागेर दुई हजार छ सय ५६ दशमलव ९६ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १७ अंंकले उकालो लागेर चार सय ९९ दशमलव ७८ बिन्दुमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक ६९ दशमलव ५१ अंकले ओरालो लागेर दुई हजार पाँच सय ८७ दशमलव ४५ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ४३ बिन्दुले ओरालो लागेर चार सय ८४ दशमलव ९३ बिन्दुमा झरेको थियो ।
तेस्रो दिन पनि बजार परिसूचक ७७ दशमलव ३३ अंकले ओरालो लागेर दुई हजार पाँच सय १० दशमलव ७३ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव २८ बिन्दुले ओरालो लागेर चार सय ७१ दशमलव ९१ बिन्दुमा झरेको थियो । चौथो दिन भने बजार परिसूचक ६० दशमलव ५६ अंकले उकालो लागेर दुई हजार पाँच सय ७१ दशमलव ६६ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव नौ अंकले उकालो लागेर चार सय ८४ दशमलव पाँच बिन्दुमा चढेको थियो ।
पाँचौँ दिन भने बजार परिसूचक पुनः १४ दशमलव सात अंकले ओरालो लागेर दुई हजार पाँच सय ५६ दशमलव ९५ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६५ बिन्दुले ओरालो लागेर लागेर चार सय ८३ दशमलव ३९ बिन्दुमा झरेको थियो । यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा सानिमा बैंक, नबिल बैंक, नेसनल हाइड्रोपावर कम्पनी अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया