Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकद्वारा १३ वटा कम्पनीलाई अनुदान रकम हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा १३ वटा कम्पनीलाई अनुदान रकम हस्तान्तरण


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रमअन्तर्गत शुक्रबार छ करोड ५० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । बैंकले एसियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स, ताजा फुड्सलाई एक/एक करोड रुपैयाँ, नेपाल वायर्स एन्ड केवललाई ६४ लाख ८४ हजार रुपैयाँ, पञ्चकन्या स्टील इन्डष्ट्रिजलाई ६३ लाख ९१ हजार रुपैयाँ, पञ्चकन्या मेटल इन्जिनियरिङ लाई ४४ लाख १९ हजार रुपैयाँ, एसआर स्टील इन्डष्ट्रिजलाई ४३ लाख २१ हजार रुपैयाँ, क्युमेड फर्मुलेसनलाई ३१ लाख ६१ हजार रुपैयाँ, इलाम टी प्रोड्युसरलाई २९ लाख ६९ हजार रुपैयाँ, ओहम फर्मम्युट्रीकल्स ल्याब्रोट्रिजलाई २४ लाख ९४ हजार रुपैयाँ, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजलाई २२ लाख ५८ हजार रुपैयाँ, हिमालयन नेचुरललाई १७ लाख ४० हजार रुपैयाँ र विजयदीप ल्याब्रोट्रिजलाई आठ लाख ४५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरूले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक एक समारोहका बिच हस्तान्तरण गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक रकम हस्तान्तरण गर्दै यो अनुदान रकमले व्यवसायको अन्य पक्षको पनि सुधार हुने बताउँदै हालसम्म ३० वटाभन्दा बढी उद्योगहरूलाई १६ करोड ३५ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसेन्सी प्रोग्राम आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट एक्जुकेटिङ एजेन्सी (पीईए) को रूपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ ।

Open photo

यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरूलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइनेछ । यस आयोजनाअन्तर्गत कुनै एक एकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम एक करोडसम्मको अनुदान रकमको सीमा कायम गरिएको छ ।

उक्त समारोहमा निप कार्यक्रमका व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा विज्ञ डा. दुर्गा कारणजीत, बैंकका नायब पमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरू पवन रेग्मी, विमल डङोल, विनयरमण पौडेल, उपप्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टेन्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरूलगायत कर्मचारीहरूकोे उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया