Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल बैंकले तीन महिनामा कमायो ९७ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा

प्राइम कमर्सियल बैंकले तीन महिनामा कमायो ९७ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा


काठमाडौं । प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ९७ करोड ७९ लाख ३४ हजार छ सय २९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब एक करोड ७६ लाख ३४ हजार नौ सय १० रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १६ अर्ब आठ करोड ३० लाख ३६ हजार नौ सय रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा एक खर्ब ५९ अर्ब २२ करोड ९२ लाख ५१ हजार एक सय १९ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४३ अर्ब ७७ करोड ७७ लाख २४ हजार ६३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ४० करोड १८ लाख ८६ हजार सात सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव आठ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ३२ करोड ४८ लाख ७० हजार दुई सय ५४ रुपैयाँ रहेको थियो ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ५४ अर्ब १४ करोड १९ लाख ६४ हजार चार सय ४५ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ३७ करोड ६६ लाख ४९ हजार सात सय १९ रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ५५ करोड आठ लाख ३६ हजार छ सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया