Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकले सात प्रतिशत लाभांश दिने

सनराइज बैंकले सात प्रतिशत लाभांश दिने


काठमाडौं । सनराइज बैंकले सात प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार चार सय ९९ रुपैयाँमध्येबाट छ दशमलव ६५ प्रतिशत अर्थात् ६३ करोड नौ लाख ४८ हजार तीन सय नौ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३५ प्रतिशत अर्थात् तीन करोड ३२ लाख सात हजार आठ सय पाँच रुपैयाँ समेत गरी कुल सात प्रतिशत अर्थात् ६६ करोड ४१ लाख ५६ हजार एक सय १४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही कात्तिक २२ गते बसेको तीन सय ८१औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया