Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी लघुुवित्तको नाफा चार करोड ६६ लाख

लक्ष्मी लघुुवित्तको नाफा चार करोड ६६ लाख


काठमाडौँ । लक्ष्मी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ६६ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ७७ लाख तीन हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ३२ करोड ४५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब १६ करोड ५८ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ७३ करोड ६६ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा १३ करोड ५५ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड चार लाख ५७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६९ करोड ७७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७९ करोड ५९ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा ११ करोड २२ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ३१ लाख ७१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव शून्य दुई प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया