Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनिक नेपाल लघुवित्तको पहिलो त्रैमासिक नाफा तीन करोड २३ लाख

युनिक नेपाल लघुवित्तको पहिलो त्रैमासिक नाफा तीन करोड २३ लाख


काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड २३ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ८२ लाख २० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ करोड ६८ लाख २० हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई अर्ब १५ करोड ९५ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३६ करोड ७५ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड सात लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ८७ लाख ३६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात छ दशमलव ३६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ८४ करोड ८९ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६१ करोड ५५ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड दुई लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड दुई लाख ९६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात पाँच दशमलव ६२ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया