Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषका अध्यक्ष भट्टराईको बिदाइ

नागरिक लगानी कोषका अध्यक्ष भट्टराईको बिदाइ


काठमाडौँ ।  नागरिक लगानी कोषका अध्यक्ष प्राडा रामचन्द्र भट्टराई र कोष सञ्चालक चन्द्रसिंह साउदलाई कोषले बिदाइ गरेको छ ।

कोषका अध्यक्ष डा. भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषद्ले मनोनयन गरेको थियो । उमेर हदको कारण अर्थ मन्त्रालयको कात्तिक २८ को पत्रअनुसार डा. भट्टराईको पदावधि समाप्त भएको हो ।

बिदाइ कार्यक्रममा डा. भट्टराईले बोर्ड र कार्यकारी निर्देशकबीचको लिंकेजलाई निरन्तरता दिनुपर्ने बताउँदै आफूले ३७ महिनाको कार्यकालमा धेरै नै विषयहरू सिक्न पाएको बताए । त्यसैगरी सञ्चालक साउदले आफ्नो कार्यकालमा गरेको सहयोगको लागि सबै सञ्चालकहरूलाई धन्यवाद दिए ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र सञ्चालकले पु-याएको सहयोगको सरहना गरे । उनले संस्थाको कार्यलाई विधिसम्मत तरिकाले अघि बढाउँदै लाने प्रतिबद्धता व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया