Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक तथा वित्तीय संस्था संघले अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्ने

बैंक तथा वित्तीय संस्था संघले अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्ने


काठमाडौं । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन)ले अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्ने भएको छ । संस्थाले कन्फिरेन्स अफ लिडरसिप डेभलपमेन्ट फर न्यू नर्मल विषयमा एकदिने सम्मेलन आयोजना गर्न लागेको हो । संस्थाका अनुसार २७ नोभेम्बर २०२१ (मंसिर ११, २०७८) शनिबार ¥याडिसन होटलमा एक दिने सम्मेलन आयोजना गर्न लागिइएको हो ।

बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका पदाधिकारीहरू, प्रमुख कार्यकारी अधिकृतहरू, उच्च सरकारी अधिकारी, औद्योगिक तथा व्यवसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तिरु एवं अन्य पेसागत संघसंस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहनेछ । यसका साथै नेपाल, भारत, बंगलादेश तथा श्रीलंकाका सम्बन्धित क्षेत्रका प्रस्तोता एवं विज्ञहरूबाट ज्ञान आदान–प्रदानको उपयुक्त अवसर हुनेछ । सम्मेलनको उद्घाटन तथा प्रमुख आथित्यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट हुने कार्यक्रम रहेको छ ।

सम्मेलनका अन्य अतिथिहरूमा भारतीय रिर्जव बैंकका पूर्वगभर्नर डा. दुभुरी सुब्बाराव, बंगलादेश बैंकका पूर्वगभर्नर डा. अतिउर रहमान, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र रहने कार्यक्रम रहेको छ ।

यो सम्मेलन आयोजना गर्नुको उद्देश्य सबै तह र क्षेत्रका संस्थाहरूको लागि विद्युतीय कारोबारको लागि तयारी अवस्थामा लैजाने प्रयत्न गर्नु हो । विद्युतीय क्रान्तिको कारणले व्यवसायिक जगतमा विभिन्न प्रकारका जोखिमहरू देखिएका छन् । विद्युतीय क्रान्तिमा प्रवेश गर्नको लागि बृहत् लगानी, नयाँ सीप तथा क्षमताको आवश्यकता, नयाँ नियमनकारी व्यवस्था र जटिलताको समाधान गर्नसक्ने सक्षम नेतृत्वको खाँचो रहेको देखिन्छ ।

सम्मेलनबाट बैंकिङ सेवाहरूको भविष्यको सम्भावना, वस्तु तथा सेवा प्रवाहमा प्रविधिको प्रयोग, वित्तीय क्षेत्रमा देखा पर्ने अपराध तथा सुरक्षासम्बन्धी जोखिम तथा चुनौतीहरूको सामना गर्न मदत गर्ने अपेक्षा गरिएको छ । यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कोभिड १९ ले पारेको असर असुली रणनीति तथा सुशासन र महामारीको कारणले सांस्कृतिक क्षेत्रमा समेत आएको परिवर्तनका कारण बैंकिङ क्षेत्रले लिनुपर्ने शिक्षाको सन्दर्भमा उक्त कार्यक्रममा छलफल हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया