Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल लघुवित्तको नाफा एक करोड

सिभिल लघुवित्तको नाफा एक करोड


काठमाडौं, माघ १९
सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ७४ लाख २६ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ३५ करोड तीन लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १७ करोड ६६ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा चार करोड ५६ लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड आठ लाख ९२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संस्थाले २० करोड ४२ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ करोड १३ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ९४ लाख ९७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा एक दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया