Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरएसडीसी लघुवित्तले कमायो चार करोड ६० लाख

आरएसडीसी लघुवित्तले कमायो चार करोड ६० लाख


काठमाडौं, माघ २०
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ६० लाख ८४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नााफा दुई करोड ८४ लाख ७९ हजार रूपैयाँ रहेको थियो । चुक्तापुँजी ६७ करोड १५ लाख २३ हजार रूपैयाँ रहेको संंस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा तीन अर्ब चार करोड ६९ लाख २१ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २१ करोड ३१ लाख ६३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा सात करोड ८२ लाख ९७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७२ लाख ५० हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव १९ प्रतिशत रहेको थियो । गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६४ करोड पाँच लाख २६ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९१ करोड छ लाख ५१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ५६ लाख ७४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया