Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकका थप दुई शाखा

सानिमा बैंकका थप दुई शाखा


काठमाडौं, माघ २१
सानिमा बैंक लिमिटेडले थप दुुईवटा शाखा विस्तार गरेको छ । बैंकले सोमबार काठमाडौँको जोरपाटीमा ७९औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) द्वारा संयुक्तरूपमा सम्पन्न भएको हो ।

उद्घाटन समारोहमा बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहकवर्गको थप सेवा तथा सुविधाका लागि बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै जोरपाटी शाखाबाट पनि ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्घाटन समारोहमा मह जोडीले काठमाडौँको जोरपाटीमा सानिमा बैंक सञ्चालनमा आएकोमा सो क्षेत्रका स्थानीयवासी र बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमालाई सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । बैंकको उक्त शाखा सञ्चालनमा आएसँगै बैंकले हालसम्म ७९ वटा शाखा कार्यालयहरू तथा ७९ वटा एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया