Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारभक्तपुर जिल्लामा सीसीटीभी जडान गर्न मेगा बैंकको सहयोग

भक्तपुर जिल्लामा सीसीटीभी जडान गर्न मेगा बैंकको सहयोग


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरूमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग गरेको छ । बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका पदाधिकारीलाई सीसीटीभी खरिदका लागि दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । सो अवसरमा उक्त समितिका संयोजक प्रदिप कुमार श्रेष्ठ, कोषाध्यक्ष नवीन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्रनाउ राजु पाण्डेको सहभागिता रहेको थियो ।

भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सीसीटीभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको सीईओ खुञ्जेलीले बताइन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया