Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक दुई हजार आठ सय ५७ दशमलव ७५ विन्दुमा

बजार परिसूचक दुई हजार आठ सय ५७ दशमलव ७५ विन्दुमा

सातामा ३५ अर्ब ६५ करोड २७ लाख ४३ हजार रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार आठ सय ५७ दशमलव ७५ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ३० दशमलव ८३ विन्दुुमा पुुगेर रोकिएको छ ।

यस साता धितोपत्र बजारमा दुुई सय ३९ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार चार लाख चार हजार पाँच सय ६९ पटकको कारोबारमा छ करोड ९२ लाख ९८ हजार पाँच सय ७२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ३५ अर्ब ६५ करोड २७ लाख ४३ हजार एक सय ३३ रुपैयाँ पुुगेको छ ।

यो कारोबार रकम गत साताको तुलनामा निकै बढी हो । गत साता भने धितोपत्र बजारमा दुुई सय ४० वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ६९ हजार सात सय ३८ पटकको कारोबारमा चार करोड १३ लाख ७२ हजार पाँच सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २१ अर्ब २७ करोड ८७ लाख १२ हजार छ रुपैयाँ पुुगेको थियो ।

यस सात नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये चौथो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा लगातार बजार परिसूचक उकालो लागेको थियो । जसअनुसार पहिलो दिन पनि बजार परिसूचक ७३ दशमलव एक अंकले उकालो लागेर दुुई हजार सात सय ६५ दशमलव ४७ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव २१ अंंकले उकालो लागेर पाँच सय १९ दशमलव ३७ विन्दुमा चढेको थियो ।

दोस्रो दिन पनि बजार परिसूचक १९ दशमलव ४३ अंकले उकालो लागेर दुुई हजार सात सय ८४ दशमलव ९५ बिन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १६ अंंकले उकालो लागेर पाँच सय २२ दशमलव ५३ बिन्दुमा चढेको थियो । तेस्र्रो दिन पनि बजार परिसूचक ४९ दशमलव १९ अंकले उकालो लागेर दुुई हजार आठ सय ३४ दशमलव १३ बिन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३४ अंंकले उकालो लागेर पाँच सय २८ दशमलव ८७ विन्दुमा चढेको थियो ।

चौथो दिन भने बजार परिसूचक ३० दशमलव ५१ अंकले ओरालो लागेर दुुई हजार आठ सय तीन दशमलव ६२ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव चार अंंकले ओरालो लागेर पाँच सय २१ दशमलव ८३ विन्दुमा झरेको थियो । पाँचौँ दिन भने बजार परिसूचक ५४ दशमलव १२ अंकले उकालो लागेर दुुई हजार आठ सय ५७ दशमलव ७५ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ९४ अंंकले उकालो लागेर पाँच सय ३० दशमलव ८३ विन्दुमा चढेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल, बैंक, नेपाल बंगलादेश बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नबिल बैंक, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया