गुडविल फाइनान्सको नाफा सात करोड ९१ लाख
काठमाडौं । गुडविल फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ९१ लाख ९१ हजार तीन सय ७१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा पाँच करोड ५४ लाख ९१ हजार तीन सय ६२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९४ करोड ६१ लाख १५ हजार दुुई सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा १० अर्ब ३८ करोड ५८ लाख ११ हजार दुई सय २८ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब सात करोड ५७ लाख छ सय ८३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ५५ लाख ४४ हजार छ सय ७१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ८५ लाख २३ हजार सात सय ३९ रुपैयाँ रहेको फाइनान्सको स्प्रेड दर भने तीन दशमलव ८९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १० अर्ब आठ करोड नौ लाख ६२ हजार दुई सय ९८ रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ४३ करोड २६ लाख पाँच हजार दुई सय ७२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड २० लाख ४२ हजार चार सय ४१ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया