Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई अनलाइन ‘सपिङ बजेट पसल डटकम’मा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई अनलाइन ‘सपिङ बजेट पसल डटकम’मा छुट


काठमाडौं ।मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डट कमसँग व्यावसायिक सम्झौतामा हस्ताक्षर गरेको छ ।

बजेट पसल डट कमद्वारा केही किल्कबाटनै सजिलै विभिन्न सामग्रीहरू जस्तैः खाद्य वस्तुहरू, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामग्री, घरेलु सरसफाइ, सुन्दरताका सामग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिनेछ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने विश्वास लिएको बैंकले जनाएको छ ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले बजेट पसलबाट तीन हजार रुपैयाँभन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा पाँच प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन् । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया