Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफद्वारा बीमा रकम हस्तान्तरण

सिटिजन लाइफद्वारा बीमा रकम हस्तान्तरण


काठमााडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीको बानेश्वर शाखाले बीमितका परिवारलाई जीवन बीमाबापत बीमादाबी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गरेका थिए । बीमा गरेको आठ महिनामा उनको निधन भयो । उनका छोराछोरीहरूले उनको बीमा गरी दिएका थिए । बानेश्वर क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले मंगलबार १५ लाख ५० हजार रुपैयाँको चेक बीमितकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा बानेश्वर शाखाका शाखाप्रमुख भरत अधिकारी, सिनियर एजेन्सी म्यानेजरहरू किसोर पोख्रेल, रिदुम राई, दावा शेर्पालगायत अन्य एजेन्सी म्यानेजरहरू चन्द्रलक्ष्मी खड्गी र पेशल कसीलगायतको उपस्थिति थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया