Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमहालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा

महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा


काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले काठमाडौँमा बिहीबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।

सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आव २०७६–०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास ग-यो । स्वतन्त्र सञ्चालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखापरीक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको सात लाख ५० हजारको खर्च समेत सभाले अनुमोदन गरेको छ । सभामा महालक्ष्मी लाइफको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारणसभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया