Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकको ‘कामना सेवा कस्टुमर डे’

कामना सेवा विकास बैंकको ‘कामना सेवा कस्टुमर डे’


काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिँदै बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न केएस बीबीएल केयर फेब्रुअरी ९, २०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम कामना सेवा कस्टुमर डे क्रम मार्फत देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरी उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उतरोत्तर प्रगतिमा निरन्तर साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहकहरूप्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकहरूका आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्दै निरन्तर सेवाहरूमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने जानकारी दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया