Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई–पे र एभरेष्ट बैंकबीच सम्झौता

आईएमई–पे र एभरेष्ट बैंकबीच सम्झौता


काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आईएमई–पे’ र ‘एभरेष्ट बैंक लिमिटेड’ बीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको निम्ति गरेको यस सम्झौतापश्चात् उपभोक्ताले आईएमई–पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू आईएमई–पे एपमा प्रयोग गर्न सक्नेछन् ।

हालसम्म नेपालको १४ वटा बैंकहरूसँग यस्तै प्रकृतिको सम्झौता गरेको आईएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फरलगायतका फाइदाहरू रहेका छन् । आईएमई–पेमा बैंक लिङ्क गरेपश्चात् उपभोक्ताले आफ्नो सुविधाअनुसार एभरेष्ट बैंकको खातामा आईएमई–पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी सिस्टमलाई अध्यावधिक गरिएको छ भने आईएमई पेमा बैंक लिङ्क गरेपश्चात् उपभोक्ताले सिधै आईएमई–पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) लगायतका सुविधा उपलब्ध हुनेछन् । यसका अतिरिक्त आफ्नो एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आईएमई–पे एपमा प्रत्यक्ष हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

आईएमई–पे : नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आईएमई–पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आईएमई–पे’ आईएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आईएमई–पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ ।

आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योग्दान पु-याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई–पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

एभरेष्ट बैंक : सन् १९९४ मा स्थापना भएको एभरेष्ट बैंक लिमिटेड नेपालको भरपर्दो र व्यावसायिक कार्यक्षमता भएको बैंक मानिन्छ । भारतको पञ्जाव नेसनल बैंकसँग संयुक्त साझेदार रहेको बैंकले सेवाग्राहीको साथै समाजको अरु क्षेत्र, जस्तै व्यापार, कृषि तथा उद्योगमा पनि लगानी तथा अरु वित्तीय सुविधाहरू प्रदान गर्दै आएका छ । एभरेष्ट बैंकको नेपालभरि ९८ वटा शाखाहरू, एक सय २८ वटा एटीएम बुथहरू, ३१ वटा राजस्व संकलन र तीनवटा विस्तारित काउन्टरहरू रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया