Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमञ्जुश्री फाइनान्सको शाखा कार्यालय कलंकीमा

मञ्जुश्री फाइनान्सको शाखा कार्यालय कलंकीमा


काठमाडौं  । मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. १४, कलंकीमा शाखाको कारोबार शुभारम्भ गरेको छ । काठमाडौँको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौँ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, वीरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, भैरहवा, गैँडाकोट, हाकिमचोक भरतपुर, टाँडी, पर्साबजार, इनरुवा, झुम्का बजार, विराटचोक, चाबहिल र गोंगबुमा २३ वटा शाखा रहेका थिए भने अब थप एक शाखासहित शाखा संख्या २४ रहनेछ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको फाइनान्सले ११ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब दुई करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको जानकारी फाइनान्सले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया