Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी लघुवित्तको थप चार शाखा

इन्फिनिटी लघुवित्तको थप चार शाखा


काठमाडौं, माघ २६
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले थप चारवटा शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले माघ २२ गते बर्दियाको मधुवन, कैलालीको भजनी र चौमाला, माघ २३ गते कञ्चनपुरको महाकाली गरी थप चारवटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । संस्थाले हाल २६ जिल्लामा ४९ वटा शाखा कार्यालयमार्फत ३१ हजारभन्दा बढी सदस्यहरूलाई एक अर्ब ८४ करोडभन्दा बढी लघुकर्जा प्रवाह गरेको र ६१ करोडभन्दा बढी निक्षेप जम्मा गरी सामाजिक सुरक्षण र विप्रेषणलगायतका लघुवित्त वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ । संस्थाले विपन्न वर्गको उत्थानको लागि शाखा कार्यालयमार्फत ग्राहकमैत्री प्रविधिसहितको नवप्रवर्तनकारी सेवा तथा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको बताएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया