Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर मूलपानीमा

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर मूलपानीमा


काठमाडौं, माघ २६
ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंसिकङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंसिकङ सेवा प्रदान गर्ने गरी उक्त एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंसिकङ सेवाको पहुँच पु-याउने उद्देश्यले दुई सय ७० शाखा, दुई सय ५७ एटीएम, ३८ एक्सटेन्सन काउण्टर राजस्व संकलन काउण्टर र दुई सय ४९ शाखारहित बैंसिकङ सेवा, तीन प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना १८ लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दे आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया