Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसानिमा बैंकद्वारा १० लाख रुपैयाँ दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैयाँ दुर्घटना बीमा रकम हस्तान्तरण


काठमाडौं । सानिमा बैंकले बीमा रकम हस्तान्तरण गरेको छ । बैंकका अनुसार सानिमा दीर्घायु बचत खाताअन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाखको रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरिएको हो । बैंकका धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कमली पन्त ओझालाई सानिमा दीर्घायु तलब बचत खाताअन्तर्गत १० लाख रुपैयाँ दुर्घटना बीमा रकम एक कार्यक्रमका बीच प्रदान गरिएको हो । बीमाको रकम श्रीमती कमली पन्त ओझालाई सानिमा बैंककातर्फबाट सुदूरपश्चिम प्रदेशप्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।

बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, तीन लाख रुपैयाँसम्मको छ जटिल रोगको उपचार बीमा, ५० हजारसम्मको औषधि उपचार बीमा, १० हजारबराबरको ओपीडी सेवा र पाँच हजार रुपैयाँसम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । बंैकको देशका सातै प्रदेशमा एक सय २३ वटा शाखा कार्यालय तथा एक सय तीनवटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया