Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी लाइफको कारोबार सञ्चालनको पहिलो वर्ष पूरा

महालक्ष्मी लाइफको कारोबार सञ्चालनको पहिलो वर्ष पूरा


काठमाडौं, फागुन २
महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार सञ्चालनको पहिलो वर्ष पूरा गरेको छ । विसं २०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको कम्पनीले कार्य सञ्चालनको एक वर्ष पूरा गरेको हो । नेपालको बीमा बजारमा ४०औं र जीवन बीमा कम्पनीहरूमा १९औं कम्पनीको रूपमा कारोबार सञ्चालन गरेको महालक्ष्मी लाइफ सबैभन्दा कान्छो बीमा कम्पनी हो । कम्पनीले एक वर्षको छोटो अवधिमा ३८ जिल्लामा ६० वटा शाखा र उपशाखा सञ्चालन गरिसकेको छ । त्यसैगरी ६० जिल्लामा अभिकर्ता तालिम सञ्चालन गरी बीमा समितिबाट इजाजत लिएर सात हजार तीन सय २३ अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन ।

कम्पनीले एक वर्षको छोटो अवधिमा महालक्ष्मी डबल सावधिक बीमा, महालक्ष्मी सावधिक आजीवन बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, महालक्ष्मी जीवन हेरचाह बीमा, महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल बीमा, महालक्ष्मी जीवन सुरक्षा म्यादी बीमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा र महालक्ष्मी सामूहिक म्यादी जीवन बीमा गरी नौवटा बीमा पोलिसी प्रचलनमा ल्याइसकेको छ । कारोबार प्रारम्भको एक वर्षको छोटो अवधिमा कुल ५६ करोड बीमा शुल्क संकलन गर्न कम्पनी सफल भएको छ ।

कम्पनीले २०७६ असार मसान्तसम्म ११ करोड १३ लाख र २०७६ पुस मसान्तमा पाँच करोड १८ लाख खुद मुनाफा गरेको छ । एक वर्षको कारोबारमा कुल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र वैदेशिक रोजगार पुल दाबीबाहेक कम्पनीको दाबी भुक्तानी शून्य प्रतिशत रहेको छ । जुन सबै जीवन बीमा कम्पनीहरूमा उत्कृष्ट रहेको छ । कम्पनीले आव २०७६ र० ७७ को अन्त्यसम्ममा थप २५ वटा शाखा र उप शाखा सञ्चालन गरी प्रथम बीमा शुल्क संकलनमा अर्ब रूपैयाँ क्लवमा पुग्ने लक्ष्य लिएको छ । कम्पनीले एक महिनाभित्र शाखारहित बीमा पोलिसी जारी गर्नेगरी टेवलेट इन्स्योरेन्सको कार्यक्रम सञ्चालन गर्नेगरी तयारी गरिरहेको छ । वार्षिक उत्सवको अवसर पारेर कम्पनीले ५० लाख रूपैयाँसम्म दाबी भुक्तानी गर्नेगरी घातक रोग पुरक सुविधा योजना सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया