Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक खर्ब ४३ अर्ब ५८ करोडबराबरको थप धितोपत्र सूचीकृत

एक खर्ब ४३ अर्ब ५८ करोडबराबरको थप धितोपत्र सूचीकृत


काठमाडौँ । एक खर्ब ४३ अर्ब ५८ करोडबराबरको थप धितोपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८–०७९ को पहिलो आठ महिनासम्ममा ४६ अर्ब १६ करोडबराबरको डिबेन्चर, ३७ अर्ब १६ करोडबराबरको बोनस सेयर, २९ अर्ब ५० करोडबराबरको विकास ऋणपत्र, १७ अर्ब ८३ करोडबराबरको साधारण सेयर, नौ अर्ब १८ करोडबराबरको हकप्रद सेयर र तीन अर्ब ७५ करोडबराबरको म्युचुअल फन्ड गरी कुल एक खर्ब ४३ अर्ब ५८ करोडबराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

यसैगरी २०७७ फागुन मसान्तमा २४ सय ५८ दशमलव पाँच विन्दुमा रहेको नेप्से सूचकांक २०७८ फागुन मसान्तमा २६ सय ६८ दशमलव एक विन्दुमा पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । २०७८ फागुन मसान्तमा धितोपत्र बजार पँुजीकरण ३७ खर्ब ८२ अर्ब ७९ करोड पुगेको छ । २०७७ फागुन मसान्तमा बजार पुँजीकरण ३३ खर्ब ८७ अर्ब ३४ करोड रहेको थियो ।

चालू आवको फागुनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय २८ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये एक सय ४४ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छवटा लगानी कम्पनी, पाँचवटा होटल, चारवटा व्यापारिक संस्था र तीनवटा अन्य समूहका रहेका छन् । २०७७ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १७ वटा रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १० दशमलव छ प्रतिशत, लगानी कम्पनीको सात दशमलव एक प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा चार दशमलव एक प्रतिशत, होटेलको हिस्सा एक दशमलव चार प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव चार प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १० दशमलव तीन प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ फागुनसम्ममा सूचीकृत छ अर्ब ६१ करोड सेयरको चुक्ता मूल्य छ खर्ब ५१ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले चार अर्ब ८० करोडबराबरको डिबेन्चर, तीन अर्ब ११ करोडबराबरको हकप्रद सेयर, तीन अर्बबराबरको म्युचुअल फन्ड र दुई अर्ब ८४ करोडबराबरको साधारण सेयर गरी कुल १३ अर्ब ७५ करोडबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x