Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहिला सहयात्रा लघुवित्तको पुनर्ताजगी तालिम

महिला सहयात्रा लघुवित्तको पुनर्ताजगी तालिम


काठमाडौं, फागुन ४
मकवानपुर जिल्लाको चित्लाङमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश नम्बर २ र ३ कासहायक स्तरका कर्मचारीहरुको सहभागितामा यही फागुन १ देखि २ गतेसम्म कर्मचारी पुनर्ताजगी तालिम हेटौडामा सम्पन्न गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले भिडियोमार्फत सहभागी कर्मचारीहरुलाई संस्थाको उद्देश्यबमोजिम कार्य गर्न तथा सदस्यहरुको कर्जा बचतको साथ साथै सीप तथा उद्यमशीलता तालिममार्फत आयस्रोत वृद्धिको लागि कर्मचारीहरु लागि पर्न सल्लाह सुझाव दिएकी हुन् ।

तालिममा शाखा व्यवस्थापन, केन्द्र बैठक व्यवस्थापन, कर्मचारी व्यवहार, कर्जा व्यवस्थापन तथा असुली, लेखा व्यवस्थापन, उद्यमशील विकास र ट्याबलेट बैंकिङसम्बन्धी तालिम दिइएको छ । यस तालिममा केन्द्रीय कार्यालयका वित्त विभाग प्रमुख सरिता श्रेष्ठ, जनशक्ति विभाग प्रमुख कमल कुमार काफ्ले, कर्जा विभाग प्रमुख निराजन श्रेष्ठ, अनुगमन विभाग प्रमुख सुजीत खतिवडा, जोखिम व्यवस्थापन तथा असुली विभागका शंकर थापा, आईटी विभागका सञ्जीव मानन्धरले सिकाएका थिए ।

सोही क्रममा लघुवित्त कार्यक्रमको फिल्डमा देखा परेको विभिन्न चुनौती तथा समस्याहरुलाई चिर्दै फिल्डको व्यवस्थापन गर्न र फिल्ड कर्मचारीहरुलाई सबैले जिम्मेवार तथा गम्भीर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको विस्तार गरी आफ्नो शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो । चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको संस्थाले दुर्गम तथा विकट बैंकिङ पहुँच नपुगेको स्थानहरुमा ३४ वटा शाखामार्फत ३५ हजार सदस्यहरुलाई लघुवित्त कार्यक्रममार्फत बचत, कर्जा, रेमिट्यान्स, लघुबीमा र उद्यमशील विकास तालिम सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले पछिल्लो समय ३७ करोड बचत संकलन गरी एक अर्ब ३६ करोड कर्जा लगानी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया