Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल क्यापिटल मार्केट सार्वजनिक विदामा पनि खुल्ने

सिभिल क्यापिटल मार्केट सार्वजनिक विदामा पनि खुल्ने


काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पूर्ण ग्राहकहरुको सेवासुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९ असार मसान्तसम्म विभिन्न सेवाहरुमा विशेष छुट दिने भएको छ । यसअन्तर्गत नयाँ डिम्याट खाता रजिष्ट्रेसन, पहिलो वर्षको नवीकरण शुल्कमा लाग्ने एक सय ५० रुपैयाँ निःशुल्क गरिएको र मेरो सेयर खाता खोल्दा लाग्ने शुल्क ५० रुपैयाँ भने कम्पनीले लिने जनाएको छ ।

त्यसैगरी पीएमएस र कर्पोरेट एडभाइजरी सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए । पीएमएस र कर्पोरेट एडभाइजरी सेवामा मिति २०७९ असार मसान्तसम्म नयाँ कारोबार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ ।

विगत १३ वर्षदेखि सेवारत यस संस्थाले प्राथमिक सेयर निष्काशन, निक्षेप सदस्य, लगानी व्यवस्थापनको कार्य, सेयर प्रत्याभूति र संस्थागत परामर्श सेवालगायत पुँजीबजारसम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ । सुरुदेखि हालसम्म आईपीओ ३० वटा, आरटीएस ३५ वटा, हकप्रद सेयर ३२ वटा, सेयर अक्सन २० वटासहितका विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरिसकेको छ ।

निकट भविष्यमा नै सामूहिक लगानी कोष सुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए । यस संस्थाले दिइरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, सेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापनको कार्यको सुझाव, आईपीओ परामर्शलगायतका सेवाहरु सिभिल बैंकको सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताए । यो योजना यही २०७९ वैशाख ११ गते आइतबारबाट लागू भइरहेकोे छ ।

संस्थाले सन्ध्याकालीन सेवाको समेत विगत २०७६ मंसिर २४ गतेदेखि सञ्चालन गरिरहेको छ । आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दु्रत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डीपी खाता अनलाइन सेवामार्फत खोल्न सकिने सुविधा दिन पनि संस्था लागिपरेको प्रमुख कार्यकारी अधिकृतले बताए ।

ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै आगामी २०७९ जेठ १ गते आइतबारबाट सार्वजनिक विदाका दिनहरुमा (शनिबारबाहेक) बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म संस्थाको सम्पूर्ण सेवाहरु सुचारु हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया