Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिथिला लघुवित्तमा प्रमुख कार्यकारीको पदावधि थप

मिथिला लघुवित्तमा प्रमुख कार्यकारीको पदावधि थप


काठमाडौं । धनुषाको ढल्केबरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतको पदावधि थप भएको छ । संस्थाको यही जेठ दुई गते बसेको सञ्चालक समितिको दुई सय ३२औँ बैठकले प्रमुख कार्यकारी राउतको पदावधि चार वर्षको लागि थप गरेको हो ।

यसअघि प्रमुख कार्यकारी राउतको पदावधि यही जेठ ५ गते सकिनेमा सञ्चालक समितिको बैठकले संस्थाको प्रमुख कार्यकारीमा राउतलाई नै निरन्तरता दिने निर्णय गरेको हो । संस्थाका अनुसार प्रमुख कार्यकारी राउतको थप पदावधि यही जेठ छ गतेबाट लागू हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया