Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारयुनाइटेड इन्स्योरेन्सको २८औँ वार्षिक साधारणसभा

युनाइटेड इन्स्योरेन्सको २८औँ वार्षिक साधारणसभा


काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही जेठ २३ गते आफ्नो २८ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

कम्पनीका अनुसार यही वैशाख २५ गते बसेको सञ्चालक समितिको तीन सय ६७औँ बैठकले वार्षिक साधारणसभा सम्बन्धी निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, बीमा समितिको निर्देशनबमोजिम चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ कायम गर्नको लागि कुनै उपयुक्त निर्जीवन बीमा कम्पनीसँग एकआपसमा गाभ्ने तथा गाभिनेलगायतका प्रस्तावहरू पारित गर्नेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया